npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

देउवासँग मिलेन गगन र विश्वसँगको कुरा, विशेष महाधिवेशनमा अब निर्वाचन

Sahayog Ranjit 23 hours ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश श्रेष्ठबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ।

गगन र विश्वको नेतृत्वमा विशेष महाधिवेशन चलिरहँदा आज बिहान देउवा निवासमा भएको वार्ता सहमति बिना टुंगिएको हो। वार्ताका क्रममा सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेपछि सहमति नजुटेको विशेष महाधिवेशन पक्षधर एक नेताले जानकारी दिए ।

वार्ताका क्रममा प्रकाश शरण महत, मिनेन्द्र रिजाल लगायतका नेता सभापति देउवाको पक्षबाट बसेका थिए। गगन र विश्वले देउवाले नेतृत्व छाड्नु पर्ने र कांग्रेस राजनीतिमा निष्क्रिय हुनुपर्ने माग राखेका थिए।

देउवाले गगन र विश्वको प्रस्ताव अस्वीकार गरेसँगै कांग्रेस अब विशेष महाधिवेशनबाट निर्वाचनको प्रक्रियामा अगाडि बढ्ने भएको छ।

The post देउवासँग मिलेन गगन र विश्वसँगको कुरा, विशेष महाधिवेशनमा अब निर्वाचन appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category