कांग्रेसको विशेष महाधिवेनबाट महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे सर्वसम्मत
Sahayog Ranjit
|
17 hours ago
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे सर्वसम्मत चयन भएका छन्।
जारी विशेष महाधिवेशनलाई संस्थापन पक्ष (शेरबहादुर देउवा) ले भने मान्यता दिएको छैन। देउवा पक्षले निवर्तमान महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई भने आज निष्कासन गरेको छ।
उनीहरु दुवैजनालाई साधारण सदस्य नै नरहने गरि निष्कासन गरिएको जनाइएको छ। यता, गगन र विश्व समूहले भने सो कारबाहीको कुनै औचित्य नभएको भन्दै विशेष महाधिवेशनमा निर्वातन प्रक्रिया सुरु गरेका हुन्।
The post कांग्रेसको विशेष महाधिवेनबाट महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे सर्वसम्मत appeared first on BIZMANDU.