नेपाललाई अत्यन्त सहज लज्य
काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नलेसियाले नेपाललाई जितको लागि ५२ रनको अत्यन्त सहज चुनौती दिएको छ।
अजमानको सेभेन डिस्ट्रिक्ट मैदान-२ मा टस जितेर नेपालले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा १७ ओभर मै ५१ रन जोडेर अल आउट भयो।
नेपाली बलरसामु निरिह बनेको मलेसियाले ५ विकेट गुमाउँदा ८ रन मात्र जोडेर अत्यन्त खराब सुरूवात गर्यो। ओपनर अजिब वाज्दी २ रनमा, मोहम्मद हारिज रनको खाता नखोली, मोहम्मद हेरिल, कप्तान डियाज पाट्रो र नागिनेश्वरन सथनाकुमारन १/१ रनमा आउट भए।
यसपछि मोहम्मद अक्रम १ रनमा र मोहम्मद आलिफ ४ रनमा आउट हुन पुगे। १३ रन बनाउँदा ७ विकेट गुमाएको मलेसियाको इनिङ्स धराशायी बन्यो। पहिलो देखि सातौं क्मका कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन्।
यसपछि आशयारफ रिफाइ र मुहम्मद फातुलले आठौं विकेटको लागि २० रनको साझेदारी गरे। आशयारफ ६ रनमा आउट भए। फातुल पनि ११ रन जोडेर आउट भए।
यस्तै हम्जा पांगी १३ रनमा पबिलियन फर्के सँगै मलेसिया अल आउट भयो। उनी नै मलेसियाको लागि सर्वाधिक रन स्कोर गर्ने खेलाडी बने। मलेसियाको लागि मात्र दुई खेलाडीले दोहोरो रन छोए।
बलिङमा नितेश कुमार पटेलले ८ ओभरमा २४ रन दिएर ४ विकेट लिए। चन्दन रामले ५ ओभरमा १७ रन दिएर ३ विकेट लिए। यस्तै अपराजित पौडेल,अशोक धामी र रोशन विश्वकर्माले १/१ विकेट लिए।
नेपाल लगातारको तेस्रो जितमा समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
The post नेपाललाई अत्यन्त सहज लज्य first appeared on हाम्रो खेलकुद.