npl.977 Nepal News Stream

Sutra News logo Sutra News

अहिलेसम्म ‘परान’ले कति कमायो ?

सुत्र न्युज 3 hours ago

काठमाडौं । नीर शाह अभिनीत फिल्म ‘परान’ ले नेपाली बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गर्दै १६ करोडभन्दा बढीको व्यापार गरेको छ।

१३ मंसिरसम्म उपलब्ध सिनेपाः बक्सअफिसका तथ्यांक अनुसार, फिल्मले १६ करोड १६ लाख ७७ हजार ५५८ रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै ठूलो कमाइदार फिल्मको सूचीमा शीर्षमा पुगेको छ।

उक्त अवधि भित्र फिल्मले ५ लाख ६९ हजार ७५४ टिकट बिक्री गरेको र दर्शक संख्यामा समेत बलियो प्रदर्शन गरेको पाइन्छ।

दीपक आचार्य ‘काकु’ द्वारा निर्देशित ‘परान’ १४ कात्तिकमा प्रदर्शनमा आएको हो।

रिलिज भएपछि निरन्तर सकारात्मक प्रतिक्रियासहित, यो फिल्म २०७९–८२ बीचमा रिलिज भएका नेपाली फिल्ममध्ये अहिलेसम्मको सबैभन्दा बढी कमाइ गर्ने चलचित्रका रूपमा स्थापित भएको छ।

दिपक प्रसाद आचार्य निर्देशीत ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, अन्जना बराइली, प्रबिण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। फिल्ममा रन्जित आचार्य र शेखर गोल्छाको लगानी छ।

Read more news from Sutra News

Explore by Source or Category