npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

दुई निर्माण कम्पनी कालोसूचीमा, सेना र खानेपानीको सिफारिसमा डेढ वर्षसम्मको कार्बाही

Bhim Ghimire 23 hours ago

काठमाडौं। ठेक्का लिएर सम्झौताका सर्तअनुसार काम नगर्दा दुई निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार ललितपुर चाकुपाटको ओटाइ इन्टरनेशनल एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि र काठमाडौं बुढानिलकण्ठको महादेव आयुष निर्माण सेवा कालोसूचीमा राखिएको हो।

प्रतुललाल श्रेष्ठको कम्पनी ओटाइ एक वर्ष र आशिष शाहीको कम्पनी महादेव आशिष डेढ वर्षका लागि कार्बाहीमा परेको छ। ओटाइलाई कार्बाही सिफारिस नेपाली सेनाको सम्भाररथी विभागले गरेको हो।

महादेव आशिषलाई कार्बाही गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाले सिफारिस गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबारको सूचनामा छ।

कालोसूचीमा परेपछि दुवै कम्पनीले कार्बाही अवधिभर सार्वजनिक खरिदमा सहभागिता जनाउन नपाउने जनाइएको छ।

The post दुई निर्माण कम्पनी कालोसूचीमा, सेना र खानेपानीको सिफारिसमा डेढ वर्षसम्मको कार्बाही appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category