टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ धनगढीमा, ग्राहकलाई लाइफ टाइम निःशुल्क चार्जिङ
काठमाडौं। टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा ‘माघी एक्सचेन्ज उत्सव’ गरेको छ। कम्पनीले बिहीबारबाट तीन दिनका लागि गाडी एक्सचेन्ज उत्सव गरको हो।
उत्सवमा टाटाका टियागो, कर्भ, नेक्सन के३ र पञ्च ईभी राखिएका छन्। माघीका अवसरमा जुनसुकै ब्रान्डका पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि उत्सव विशेष मौका भएको कम्पनीले जनाएको छ।
उत्सवमा ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पाउने छन्।
ग्राहकले टेष्ट ड्राइभ पनि गर्न सक्नेछन्।
The post टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ धनगढीमा, ग्राहकलाई लाइफ टाइम निःशुल्क चार्जिङ appeared first on BIZMANDU.