npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

उपविजेतामै रोकियो नेपाल

नेपालन्युज 2 hours ago

काठमाडौं। ब्याटिङ नचल्दा नेपाल एसीसी यू-१९ प्रिमियर कपमा उपविजेतामा सीमित भएको छ।

घरेलु टोली यूएईसँग नेपाल सोमबार फाइनलमा २७ रनले पराजित भएको हो। यूएईले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो।

नेपालका अशोक धामीले सर्वाधिक ३४ रन बनाए। ६६ बल खेलेका उनले ४ चौका प्रहार गरे। रोशन विश्वकर्मा र आशिष लोहारले समान २५ रनको योगदान दिए पनि अन्यले खुलेर खेल्न सकेनन्।

यूएईका युगजय शर्मा र अली असगरले समान ३-३ विकेट लिए। त्यसअघि यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

यूएईका अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए। १२६ बल खेलेका उनले ६ चौका प्रहार गरे। नुरउल्लाह अयोबी २६ र अयान मिस्बाह ११ रनमा आउट भए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका दयानन्द मण्डलले ६ विकेट लिए। ६.५ ओभर बलिङ गरेका उनले २ मेडनसहित १७ रन खर्चिए। अपराजित पौडेलले २ विकेट लिँदा नीतेशकुमार पटेल र अशोक धामीको नाममा समान १-१ विकेट रह्यो।

Read more news from नेपाल न्युज

Explore by Source or Category