npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

गगन थापा नेतृत्वको नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

नेपाल न्युज 5 hours ago

काठमाडौं। विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी छ।

ललितपुरको म्याक्सिम्स बैंक्वेटमा बैठक सुरु भएको हो ।

पहिलो बैठकबाट नै आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारीलगायत विविध विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै, पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्नेलगायत विषयमा छलफल गर्ने कार्यसूची छ।

गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट संस्थापनपक्षले हिजो निष्कासन गरेको थियो। संस्थापनपक्षले निष्कासन गरेपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

Read more news from नेपाल न्युज

Explore by Source or Category