npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

गगन नेतृत्वको कांग्रेसको चुनावी कमाण्डर विश्वप्रकाश शर्मा, घोषणा पत्र लेख्न समिति गठन

Basudev Timalsina 10 hours ago

काठमाडौं। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएको छ।

महाधिवेशनबाट गगनको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकले विश्वप्रकाशलाई चुनावी कमाण्डर बनाएको हो। बैठकले केन्द्रीय सदस्य देवराज चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

चालिसेका अनुसार गगनको नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति र विश्वप्रकाशको नेतृत्वमा चुनाव परिचालन समिति गठन गरिएको छ। बैठकले विशेष महाधिवेशनको निर्णय अद्यावधिक गराउन बिहीबार निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ।

चालिसेले पार्टीको अभिलेखहरू अध्यावधिक गर्ने काम पनि तत्कालै सुरु हुने जानकारी दिए 

The post गगन नेतृत्वको कांग्रेसको चुनावी कमाण्डर विश्वप्रकाश शर्मा, घोषणा पत्र लेख्न समिति गठन appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category