npl.977 Nepal News Stream

Sutra News logo Sutra News

के भएको थियो बालेनका बुवालाई ? प्रधानमन्त्री कार्की अस्पतालमै भेट्न गएकी थिइन्

सुत्र न्युज 5 hours ago

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पितृवियोगको गहिरो पीडामा परेका छन्। उनका बुबा रामनारायण शाहको आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

रामनारायण शाहलाई आइतबार बिहान बेहोस अवस्थामा तुरुन्तै अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार, विगत एक सातादेखि स्वास्थ्यमा समस्या देखिएका उनलाई मधुमेहका साथै पिसाब संक्रमणको गम्भीर जटिलता थियो। उनलाई मुटुको दीर्घ रोग समेत भएको बताइएको छ।

संक्रमण शरीरभरि फैलिएको कारण उनी अत्यधिक जोखिमपूर्ण अवस्थामा पुगेका थिए।

यसबीच, सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की सिभिल अस्पताल पुगेकी थिइन्। उनले मेयर शाहको अवस्थाबारे परिवारसँग बुझ्नुका साथै भेन्टिलेटरमा रहेका अन्य बिरामीहरूको पनि भेटघाट गरेको बताइन्छ।

Read more news from Sutra News

Explore by Source or Category