npl.977 Nepal News Stream

RONB post logo RONB post

नेपालको बलिङ प्रशिक्षकमा इयान हार्भी नियुक्त

RONB Post 8 hours ago

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियन क्रिकेटर इआन हार्भीलाई बलिङ कन्सल्टेन्ट कोचमा नियुक्त गरेको छ ।

क्यानले नेपाली टिमको टी-२० विश्वकपलाई केन्द्रित गर्दै अस्ट्रेलियन पुर्व खेलाडी हार्भीलाई बलिङको कन्सल्टेन्ट  नियुक्त गरेको हो ।

उनी पूर्वअष्ट्रेलियन क्रिकेट खेलाडी तथा ग्लामोर्गन टिममका सहायक प्रशिक्षक हुन्। उनले अस्ट्रेलियाका १९९७ देखि २००४ सम्म ७३ एकदिवसीय खेल खेलेका थिए ।

हार्भेले ३०५ लिस्ट ए खेलमा ४४५ विकेट लिएका छन् र अस्ट्रेलियाका लागि ७३ ओडिआई खेल्दै ८५ विकेट लिएका छन्।

माघ तेस्रो सातादेखि भारत र श्रीलंका हुने आइसिसी टी-२० विश्वकप २०२६ को तयारी नेपालले श्रीलंका र भारतमा गर्दैछ।

The post नेपालको बलिङ प्रशिक्षकमा इयान हार्भी नियुक्त appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category