npl.977 Nepal News Stream

Sutra News logo Sutra News

प्रभु बैंकले तोक्यो कार्यवाहक सिइओ, कार्य सञ्चालनमा कुनै किसिमको अवरोध नआउने

सुत्र न्युज 3 hours ago

काठमाडाैं । प्रभु बैंकले नयाँ कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। बैंकका वरिष्ठ अधिकारी निरज लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी दिइएको हाे ।

आइतबार बैंकको सूचना अधिकारी रविन्द्र ढकालद्वारा एक विज्ञप्ति जारी गर्दै कार्यवाहक सीईओको ताेकिएकाे जनाइएकाे हाे ।

कर्जा दुरुपयोग प्रकरणमा बैंकका वर्तमान सीईओ अशोक शेरचन, डिसिओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेकाे थियाे ।

सिइओसहित ३ जना उच्च अधिकारीहरू पक्राउ परेसँगै राष्ट्र बैंककाे निर्देशनअनुसार दैनिक कार्य सञ्चालन लागि नयाँ कार्यबहाक ताेकिएकाे हाे ।

यससँगै, बैंकका सम्पूर्ण सेवाहरू देशभरका शाखाहरू मार्फत निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

प्रभु बैंकले स्पष्ट पारेको छ कि लम्सालको नियुक्ति पछि बैंकको कार्य सञ्चालनमा कुनै किसिमको अवरोध आउने छैन र सबै सेवा नियमित रूपमा उपलब्ध हुनेछ।

Read more news from Sutra News

Explore by Source or Category