npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

स्पेनमा आध्यात्मिक महोत्सव हुँदै

इन्द्र कमल रोक्का 5 hours ago

लिस्बन। स्पेनमा बसोबास गर्ने नेपाली समुदायको पहलमा बार्सिलोनामा ‘स्पेन आध्यात्मिक महोत्सव’ आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको आयोजनामा आगामी अप्रिल ५ तारिखदेखि सालोन एल प्रादो, अल्मिरान्तेमा महोत्सव हुने तय भएको हो। महोत्सवको मुख्य उद्देश्य बार्सिलोनामा ‘नेपाल घर’ (मन्दिर) निर्माणका लागि सहयोग जुटाउनु रहेको आयोजकहरूले बताएका छन्।

महोत्सव संयोजक तथा एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार नेपाल घर निर्माणका लागि करिब एक लाख ८० हजार युरो लागत लाग्ने अनुमान गरिएको छ। महोत्सवमार्फत करिब दुई लाख युरो संकलन गर्ने लक्ष्य राखिएको छ।

बार्सिलोनामा निर्माण गरिने ‘नेपाल घर’ सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिका लागि साझा केन्द्रका रूपमा विकास गरिने जनाइएको छ। यसले प्रवासमा नेपाली समुदायलाई एकीकृत गर्ने, धार्मिक आस्था जोगाउने तथा भाषा, कला र संस्कृतिको संरक्षण–प्रवद्र्धनमा टेवा पु-याउने अपेक्षा गरिएको छ।

महोत्सवका लागि आवश्यक सामग्री नेपालबाट ल्याउने तयारी भइरहेको छ। आयोजकहरूले स्पेनमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई महोत्सव सफल बनाउन आह्वान गरेका छन्।

Read more news from Kendrabindu

Explore by Source or Category