npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अद्यावधिक गराउन गगनको टिम निर्वाचन आयोगमा

Basudev Timalsina 8 hours ago

काठमाडौं। गगन थापा लगायतका नेता नेपाली कांग्रेसको विधान महाधिवेशनले गरेको निर्णयसहित निर्वाचन आयोग पुगेका छन्।

महाधिवेशनबाट आफ्नो नेतृत्वमा निर्वाचित कार्यसमिति अद्यावधिक गराउन गगन आयोगमा पुगेका हुन्। गगनसँगै उपसभापति विश्वप्रकाश शर्मा, सहमहामन्त्री उदयशमसेर राणा, डिला संग्रौला लगायत पदाधिकारी तथा सदस्य आयोग पुगेका छन्।

गगन थापा नेतृत्वको कांग्रेसको टोली निर्वाचन आयोगमा

कांग्रेसको विशेष महाधिवेशनले गएराति गगनको नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति चयन गरेको थियो। कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकले महाधिवेशनबाट निर्वाचित कार्यसमिति अद्यावधिक गर्न आयोगमा जाने निर्णय गरेको थियो।

गगन थापा नेतृत्वको कांग्रेसको टोली निर्वाचन आयोगमा

The post विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अद्यावधिक गराउन गगनको टिम निर्वाचन आयोगमा appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category