npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

विद्यालयमा कडाइका साथ शैक्षिक र प्रशासनिक व्यवस्था लागू गर्न बुढानीलकण्ठ नगरपालिकाको निर्देशन

पालिका ब्यूरो 1 week ago

काठमाडौं – बुढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा शैक्षिक, प्रशासनिक तथा अनुशासनसम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन जारी गरेको छ। बिहीबार बसेको नगर शिक्षा समिति बैठकको निर्णय कार्यान्वयन गर्दै नगर कार्यपालिकाले विद्यालयलाई पत्र पठाएर आवश्यक निर्देशन दिएको हो।

पत्रअनुसार विद्यालयहरूले गुणस्तर सुधार कार्यविधि २०७४ (पहिलो संशोधन २०७९) अनुसार गुणस्तर सुधार समिति गठन गरी विद्यार्थी अभिलेख व्यवस्थापन सुदृढ गर्नु अनिवार्य छ।

विद्यालयमा विद्यार्थीको दैनिक जीवन–स्तर र व्यवहार विकासका लागि ‘बुड्स’, ‘बन्च’, ‘ब्रो’ नामक जीवन उपयोगी शिक्षा कार्यक्रम कक्षा ९ र १० मा साप्ताहिक रूपमा अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

कक्षा ९ र १० का विद्यार्थीका लागि विद्यालयले प्रदान गर्ने चरित्रपत्र र प्रमाणपत्र तयारीमा लाग्ने अधिकतम शुल्क रु २,००० भन्दा बढी लिन नपाइने निर्णय पनि गरिएको छ।

नगरपालिकाले विद्यालयलाई कुनै पनि प्रकारको शारीरिक, मानसिक वा मौखिक दुव्र्यवहार नगर्न, नगर्न दिने तथा शिक्षकमाथि गुनासो आएमा तत्काल कारबाही प्रक्रिया अघि बढाउन सूचित गरेको छ।

त्यसैगरी, विद्यालयहरूले समयमै विद्यार्थी र शिक्षकको रिपोर्ट कार्ड अभिभावकलाई उपलब्ध गराउनुपर्ने, साथै कुनै पनि आर्थिक क्रियाकलाप जस्तै कार्यक्रम शुल्क, खानेकुरा बिक्री वा माला–लागेज संकलन नगर्न निर्देशन जारी गरिएको छ।

नगर कार्यपालिकाले यस निर्देशनको कडाइका साथ पालनाको आग्रह गर्दै शिक्षा क्षेत्रमा अनुशासन र पारदर्शिता कायम गर्ने लक्ष्य व्यक्त गरेको छ।

Read more news from PalikaNews

Explore by Source or Category