लागूऔषध ट्रामाडोलसहित मकवानपुरबाट दुईजना पक्राउ
इन्द्र कमल रोक्का
|
5 hours ago
काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट १३२ ट्याब्लेट लागूऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो भीमफेदी गाउँपालिका-६ छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बाप्रा ०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
साथै प्रहरीले हाल फरार स्कुटरमा सवार एक जनाको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।