npl.977 Nepal News Stream

Sutra News logo Sutra News

प्रतिनिधिलाई गगनले भने– महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुछ

सुत्र न्युज 19 hours ago

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरुमाथि गालीगलौज नगर्ने आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति (संस्थापन समूह)ले गगन, विश्वप्रकाश र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेपछि आक्रोशित कार्यकर्तालाई सम्बोधन गर्दै उनले कुनै पनि नेता कार्यकर्तालाई गालीगलौज नगर्न आग्रह गरेका हुन् ।

महाधिवेशन सकिएपछि सबैजनासँग मिलेर काम गर्नुपर्ने भन्दै उनले गालीगलौज र नकारात्मक टिप्पणीसमेत नगर्न आग्रह गरेका हुन् ।

महाधिवेशनस्थलमा प्रतिनिधिलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्नेसमेत बताएका छन्।

‘तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनुहोला। कसैको बारेमा टिप्पणी नगरिदिनुहोला। ती साथीभाइलाई पनि सँगै लिएर जानुपर्नेछ। केही दिनपछि जब कांग्रेसको महाधिवेशन सकिन्छ। नयाँ निर्णय सुनाउँछौं। दुई दिन पछाडि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छँदैछ नि,’ गगनले भने ।

पार्टी विभाजन नभएकोसमेत उनले दाबी गरे ।

Read more news from Sutra News

Explore by Source or Category