Sutra News
देउवालाई के को डर ?, गगन-विश्वलाई कारबाहीपछि बढाइयो सुरक्षा
काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्किँदै गएपछि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास वरिपरि सुरक्षाकर्मीको टोली थप गरिएको छ।
यो सुरक्षा व्यवस्था बुधबार केन्द्रीय समितिले महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि कारबाही गरेपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर गरिएको हो।
काठमाडौं प्रहरीका अनुसार, देउवाको अस्थायी निवास महाराजगञ्ज र खड्काको निवासमा प्रहरी र सशस्त्र प्रहरी बलको टोली कडा गरिएको छ।
भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशन पनि महामन्त्रीद्धय गगन-विश्वको नेतृत्वमा भइरहेको छ।
यसअघि कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले उक्त तीनै नेतालाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो।