लिग कप सेमिफाइनल – म्यानचेस्टर सिटीको जित
एजेन्सी – म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) सेमिफाइनलको पहिलो लेगमा साविक विजेता न्युक्यासल युनाइटेडमाथि २-० को जित हात पारेको छ।
यो जितसँगै ८ पटकको विजेता सिटीले फाइनलको सम्भावनालाई मजबुत बनाएको छ। सिटीका लागि एन्टोइन सेमेन्यो र रायन चेर्कीले गोल गरे।
हालै बोर्नमाउथबाट अनुबन्धित सेमेन्योले ५३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। जेरिमी डोकुको क्रसमा उनले नजिकैबाट गोल गरेका हुन्।
खेलभर न्युक्यासलले केही राम्रा अवसर पाए पनि गोल गर्न सकेन। योआने विस्साको हेडर र कप्तान ब्रुनो गिमारेसको प्रहार दुवै पटक बारमा लागेर फर्कियो।
विस्साले नजिकबाट पाएको अर्को मौका पनि खेर फाले।
खेलको इन्जुरी समयको नवौं मिनेटमा वैकल्पिक खेलाडी चेर्कीले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।
अब यी दुई टोलीबीच फेब्रुअरी ४ मा सिटीको घरेलु मैदान एत्तिहाद स्टेडियममा दोस्रो लेग हुनेछ।
The post लिग कप सेमिफाइनल – म्यानचेस्टर सिटीको जित first appeared on हाम्रो खेलकुद.