npl.977 Nepal News Stream

Sutra News logo Sutra News

मेयर बालेन शाहलाई पितृशोक

सुत्र न्युज 4 hours ago

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक परेको छ ।

मेयर शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन भएको जनाइएको छ । मिनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

आइतबार बिहान अस्पताल भर्ना गरिएको शाहको सोमबार निधन भएको हो । पिसाबमा संक्रमण भएर शरीरमा फैलिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मेयर शाहलाई पितृशोक परेको खबर आफूले पनि पाएको र यसलाई पुष्टि गर्ने क्रममा रहेको काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरले बताए । ‘मैले पनि खबर सुनेको छु, अपुष्ट खबर सुनेको हुँ । यसलाई बुझ्दै छु,’ उनले सूत्रन्युजलाई भने ।

Read more news from Sutra News

Explore by Source or Category