npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै युनाइटेडले लिगमा महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको छ।

घरेलु मैदान सेल्हर्स्ट पार्कमा क्रिस्टल प्यालेसले खेलमा सुरुवाती अग्रता लिएको थियो, तर दोस्रो हाफमा म्यान युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्‍यो।

खेलको ३६ औं मिनेटमा क्रिस्टल प्यालेसका जिन-फिलिप माटेटाले पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए।

पहिलो हाफमा पछि परेको युनाइटेडले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो। ५४ औं मिनेटमा जोसुवा जिर्कजीले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

त्यसको नौ मिनेटपछि, अर्थात् ६३ औं मिनेटमा युनाइटेडले अग्रता लियो। फ्री-किकबाट आएको बलमा माउन्टले डिफेन्डरको वालमाथिबाट घुमाउँदै सुन्दर गोल गरे। माउन्टको यही निर्णायक गोल म्यानचेस्टर युनाइटेडको जितका लागि पर्याप्त बन्यो।

यो जितसँगै म्यानचेस्टर युनाइटेडले यसअघि एभर्टनसँग बेहोरेको पराजयलाई बिर्सँदै लिग तालिकामा सुधार गरेको छ।

Read more news from Kendrabindu

Explore by Source or Category