npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

निर्वाचन आयोग दबाबमा पर्दैन, वैधानिकता हाम्रै हुन्छ : कांग्रेस सभापति थापा

Saral Patrika 7 hours ago

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्ति वा दबाबको प्रभावमा नपर्ने विश्वास व्यक्त गरेका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै थापाले आफू नेतृत्वको केन्द्रीय कार्यसमिति नै कांग्रेसको असली र वैधानिक समिति भएको दाबी गरे।

उनले पार्टीको आधिकारिकता निर्वाचन आयोगले संविधान, कानुन र लोकतान्त्रिक अभ्यासअनुसार नै सुनिश्चित गर्नेमा ढुक्क रहेको बताए। “विशेष महाधिवेशन प्रतिनिधिहरूको भावना र पार्टीको विधानअनुसार यो समिति बनेको छ, त्यसैले हामीले नै वैधानिक मान्यता पाउनुपर्छ,” थापाले स्पष्ट पारे। आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका थिए।

थापाको नेतृत्वमा चयन भएको १६८ सदस्यीय नयाँ कार्यसमितिको सूची यस प्रकार छ:

१. मुख्य पदाधिकारी

सभापति: गगनकुमार थापा

उपसभापति: विश्वप्रकाश शर्मा र पुष्पा भुषाल

महामन्त्री: प्रदिप पौडेल र गुरुराज घिमिरे

सह-महामन्त्री: डा. डिला संग्रौला पन्त (महिला), प्रकाश रसाईली स्नेही (दलित), बहादुर सिंह लामा (जनजाती), उदय शम्शेर राणा (खसआर्य), मुक्ता कुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्ण बहादुर बुढा (पिछडिएको क्षेत्र)।

२. केन्द्रीय सदस्य (खुला – ३५ जना)

गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजयबाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह।
३. महिला खुला (९ जना)

चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई।
४. प्रादेशिक प्रतिनिधि (महिला र खुला)

कोशी: सारदा देवी कोईराला (महिला), हिमालय कर्माचार्य र अग्नी पौडेल।

मधेश: मधु शाही (महिला), रामानन्द यादव र बजरंग नेपाली।

बागमती: उमा दाहाल (महिला), जितनारायण श्रेष्ठ र रमेश धमाला।

गण्डकी: विष्णु देवी पाण्डे (महिला), रेशम बानिया र कृष्ण के.सी.।

लुम्बिनी: पवित्रा कुमारी अर्याल (महिला), केशव आचार्य र राम बहादुर कार्की।

कर्णाली: राम देवी खड्का (महिला), दिक्पाल शाही र नारायण भट्टराई।

सुदूरपश्चिम: निपा चोख्याल (महिला), हिम बहादुर रावल र नरेन्द्र प्रसाद भट्ट।

५. समावेशी र अन्य क्लस्टरहरू

दलित: (महिला) सिता मिजार, छायाँ सुनार, गंगा सुनार, लिला नेपाली। (खुला) मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बि.क. र दिनेश सुनार।

आदिवासी जनजाती: (महिला) सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ, कुसुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा। (खुला) तारामान गुरुङ, अस्टकुमार कबे, छन्द बहादुर पहराई मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रिष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ।

खसआर्य: (महिला) उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री। (खुला) विजय स्वार, मथुरा घिमिरे, जगदीश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल।

मधेशी: (महिला) अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी र निलम साह। (खुला) राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव र रामरुप प्रसाद।

मुस्लिम: सनम वेगम (महिला), अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार (खुला)।

थारु: नवोदिता चौधरी र सुनिता राना (महिला), सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित (खुला)।

अन्य: प्रकाश पन्थ (अपाङ्गता), शिवनारायण सिंह गनगाई (अल्पसंख्यक) र दीपक जंग शाह (पिछडिएको क्षेत्र)।

यसअघि शेरबहादुर देउवा पक्षले गगन थापासहितका नेताहरूलाई निष्काशन गर्ने निर्णय गरेको भए पनि विशेष महाधिवेशनले त्यसलाई पूर्ण रूपमा खारेज गरेको छ। यो घोषणासँगै नेपाली कांग्रेसमा अब देउवा र थापा समूहबीच आधिकारिकताको वैधानिक लडाइँ सुरु भएको छ।

Read more news from Saral patrika

Explore by Source or Category