Sutra News
जुवा खेल्दा वडाध्यक्षसहित ८ जना प्रहरीको नियन्त्रणमा
सुत्र न्युज
|
17 hours ago
चितवन । चितवनको कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ८ जना पक्राउ परेका छन् ।
शनिबार लाल चोकबाट जुवा खेलिरहेको अवस्थामा रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीसहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वडाध्यक्ष सुवेदीसहित कालिका नगरपालिका–६ का ठाकुरप्रसाद भट्ट, झलक अमगाईं,सन्तोष लामा, मोहन दंगाल, रामकुमार दंगाल, आशबहादुर गुरुङ र शिवबहादुर अमगाईं रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट ७१ हजार रुपैयाँ नगद बरामद गरिएको छ ।