npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय

Nepal Watch 2 hours ago

काठमाडौँ । नेपाली काँग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।

केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ ।

पारित भएको कार्यतालिका अनुसार काँग्रेसले पुस १६ गते वडा अधिवेशन गर्ने भएको छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्दै गाउँ-नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने बताए ।

उनका अनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने भएको छ ।

काँग्रेसको प्रदेश अधिवेशन पुस २२ र २३ गते हुने कार्यवाहक सभापति खड्काले बैठकमा जानकारी दिए ।

 

Read more news from NepalWatch

Explore by Source or Category