npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

प्रथम त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धि, १८ वटै औद्योगिक वर्गीकरणमा देखियो धनात्मक वृद्धिदर

Masta KC 2 hours ago

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा ३.०२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ।

विद्युत् उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन,व्यापार, पर्यटन, सेवा, फलफूल तथा तरकारीलगायत विभिन्न क्रियाकलापमा भएको वृद्धिका कारण कुल गार्हस्थ्य उत्पादन ३.०२ प्रतिशतले बढ्ने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

बुधबार सार्वजनिक प्रतिवेदनअनुसार पहिलो त्रैमासमा सबै १८ वटै औद्योगिक वर्गीकरण सबैमा धनात्मक वृद्धि दर देखिएको छ।जसमध्ये विद्युत् तथा ग्यासमा सबैभन्दा धेरै वृद्धि दर अर्थात् १४.९१ प्रतिशत रहेको छ।

वित्तीय तथा बीमा ७.०७ र प्राविधिक लगायत पेशागत क्रियाकलापमा ५.५२ प्रतिशतको वृद्धि दर रहेको छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको १.३६ प्रतिशत वृद्धि दर रहेको तथ्यांक कार्यालयले जनाएको छ।

थोक तथा खुद्रा व्यापारमा ३.८९, शिक्षामा २.६८, खानी तथा उत्खनन् क्षेत्रमा ३.७६ र निर्माण क्षेत्रको वृद्धि दर ३.२६ प्रतिशत रहेको छ।

The post प्रथम त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धि, १८ वटै औद्योगिक वर्गीकरणमा देखियो धनात्मक वृद्धिदर appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category