npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

इन्द्र कमल रोक्का 20 hours ago

इनरुवा। इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले ७०औँ वार्षिकोत्सवका अवसरमा ९५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बालविकासदेखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयले उत्कृष्ट काम गरेबापत सावित्रा श्रेष्ठ, इन्दिरा थापा, कुमारी भारत रोशना नेपाल, वन्दना दाहाल, अन्तिम राई, लोकबहादुर भण्डारी, भूपराज पुरी र लक्ष्मण घिमिरेलाई नगदसहित सम्मान गरेको छ ।

वार्षिकोत्सवका अवसरमा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने नौ जनालाई मरणोपरान्त सम्मान गरिएको छ ।

विद्यालयले यस वर्षदेखि ‘टिचर अफ द इयर’ र ‘स्टुडेन्ट अफ द इयर’ घोषणा गरेकामा शिक्षकतर्फ युवराज काफ्ले र विद्यार्थीतर्फ कक्षा ९ का कृष्ण खनाल उत्कृष्ट घोषित भए । वार्षिकत्सवका अवसरमा विद्यालयको वार्षिक पनि प्रस्तुत गरिएको थियो ।

भूतपूर्व विद्यार्थीद्वारा प्रदान गरिएकोलरु २० लाखबाट सभाहल निर्माण गरिने भएको छ । त्यसको शिलान्यास कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे।

Read more news from Kendrabindu

Explore by Source or Category