npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

मिलानको पुनरागमन जित

नेपाल न्युज 4 hours ago

काठमाडौँ। इटालियन सिरी ए अन्तर्गत बिहीबार भएको खेलमा एसी मिलानले कोमोमाथि ३–१ को सानदार जित हासिल गरेको छ।

खेलमा सुरुवाती अग्रता कोमोले लिएको थियो। कोमोका लागि मार्क ओलिभरले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेनन्। पहिलाे हाफकाे इन्जुरी समयमा एनकुकुले पेनाल्टीमार्फत मिलानलाई बराबरीमा ल्याए। राबियाेटले ५५ र ८८औँ मिनेटमा गाेल गर्दै मिलानलाई पुनरागमन जित दिलाए।

जितसँगै २० खेलमा ४३ अंक जाेडेकाे मिलान दोस्रो स्थानमा छ। याे शीर्ष स्थानकाे इन्टर मिलानकाे भन्दा ३ अंक कम हाे। पराजित काेमाे समान खेलबाट ३४ अंकका साथ छैटौँ स्थानमा छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category