npl.977 Nepal News Stream

Taksar News logo Taksar News

चार महिनामा लघु जीवन बिमा कम्पनीले उठाए ३२ करोड भन्दा बढी बिमाशुल्क, कुनको कति ?

टक्सार न्युज 9 hours ago

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म लघु जीवन बिमकले ३२ करोडभन्दा बढीको व्यापार गरेको छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका तीन ओटा लघु जीवन बिमकले भदौसम्म २१ लाख २९ हजार ९२३ ओटा बिमालेख जारी गरेर ३२ करोड ७१ लाख ११ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी गार्डियन माइक्रो लाइफको रहेको छ। यो कम्पनी १३ लाख ४१ हजार ८८० ओटा बिमालेख जारी गरेर ११ करोड ५७ लाख ५४ हजार रुपैयाँ कुल बिमाशुल्क सङ्ककलन गरेको छ।

यसैगरी केष्ट माइक्रो लाइफले ५ लाख १० हजार ७२७ ओटा बिमालेख जारी गरेर ११ करोड ५६ लाख ८४ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २ लाख ७ हजार ३१६ ओटा बिमालेख जारी गर्दै ९ करोड ५६ लाख ७४ हजार रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन्।

Read more news from Taksar News

Explore by Source or Category