RONB post
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
RONB Post
|
3 hours ago
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको हो ।
निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
The post पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो appeared first on RONB post.