npl.977 Nepal News Stream

Taksar News logo Taksar News

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

टक्सार न्युज 7 hours ago

काठमाडाैँ । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानून मान्नुपर्ने बताएका हुन् ।

गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द गरिएको थियो । तर जेन–जी आन्दोलनका कारण फेरि ती सञ्जालहरू खुला भएका थिए । उपमहासचिव गुरुङले विशेष परिस्थितका कारण नियमनमा नरहेका समाजिक सञ्जालहरुलाई हाल खुला गरेपनि कुनै नै कुनै दिन अवश्य बन्द हुने दाबी गरे।

नेपालमा साना व्यवसाय गर्ने कम्पनी दर्ता गर्नुपर्ने तर अर्बौंको कारोबार गर्ने सामाजिक सञ्जाल दर्ता नहुने भन्ने नहुने उनले बताए ।उनले आफूले पटकपटक प्रयास गर्दा पनि ती कम्पनीले नेपाल सानो देश भनेर हेपेको उल्लेख गरे । दर्ता गर्नको लागि १३ महिनाको समय दिएपनि उनीहरुले नटेरेपछि नियमन गर्नको लागि आफूले बन्द गरेको उनले स्मरण गरे ।

उनले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी रहेको बताए । उनले नेपालमा सामाजिक सञ्जाल बन्द भएपनि मेटा लगायतका केही कम्पनीले कन्टेन क्रियटरहरूलाई पैसा दिन लागेको पनि बताए । त्यहाँभन्दा अगाडी नेपाली कन्टेनक्रियटरहरूले रकम नपाउने गरेको उनको भनाइ छ ।

उनले आगामी दिनमा नेपालमा दर्ता नभएका कम्पनीहरू बन्दा गर्दा विकल्प दिएर मात्रै बन्द गर्ने बताए । हाल नेपालमा धमाधम वैकल्पिक एपहरु समेत खुल्दै गरेको उल्लेख गर्दै उनले विकल्प दिएर विदेशी कम्पनीहरू राज्यले नियमन गर्नैपर्ने दोहो¥याए ।

Read more news from Taksar News

Explore by Source or Category