npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

चार कम्पनीमा सरकारी लगानी मूल्यांकन गरिंदै, प्राविधिक रुपमा तीन कम्पनी छनोट

Basudev Timalsina 3 hours ago

काठमाडौं। चारवटा सरकारी कम्पनीलाई निजीकरण गर्ने तयारीस्वरुप लगानी व्यवस्थापनका लागि मूल्यांकन गर्न प्राविधिकरुपमा तीन कम्पनी छनोट भएका छन्।

जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको मूल्यांकन गर्न तीन कम्पनी छनोट भएका हुन्।

एस एण्ड एस-पीजेपीएन जेभी, जिन एण्ड एसोसिएट्स र एस सुवेदी एण्ड एसोसिएट्स प्राविधिक मूल्यांकनमा सफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

एस एण्ड एस-पीजेपीएन जेभी चारवटै कम्पनीको मूल्यांकन गर्न प्राविधिक रुपमा छनोट भएको हो। यस्तै जिन एण्ड एसोसिएट्स नेपाल मेटल कम्पनी र एस सुवेदी एण्ड एसोसिएट्स नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको मूल्यांकन गर्न छनोट भएका हुन्।

बुटवल धागो कारखाना र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको मूल्यांकनका लागि एस एण्ड एस-पीजेपीएन जेभीकव प्रतिस्पर्धी छैन। अर्थ मन्त्रालयका अनुसार आर्थिक प्रस्ताव मंसिर २१ गते खोलिनेछ।

The post चार कम्पनीमा सरकारी लगानी मूल्यांकन गरिंदै, प्राविधिक रुपमा तीन कम्पनी छनोट appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category