npl.977 Nepal News Stream

Himal Press logo Himal Press

धरान पुगेर कुलमानले भने : सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छ

Keshav Rana Chhetri 9 hours ago

धरान (सुनसरी)- सहरी विकासमन्त्री कुलमान घिसिङले देशलाई समृद्ध बनाउन योग्य नेतृत्व चयन गर्ने समय आएको बताए। आज (आइतबार) धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, एक हजार २०० प्राचीन अष्टगुरु रिन्पोछे लिला विश्व शान्ति पूजा तथा ङ्युङ्ने व्रत २०८२’ को समापन समारोहमा उनले नयाँ सोचका व्यक्ति र वैकल्पिक शक्ति एकजुट भएर अघि बढे मात्र मुलुकले रूपान्तरणको मार्ग समात्ने भन्दै त्यो अवसर नगुमाउन आग्रह गरे।

मन्त्री घिसिङले आपसी गालीगलौज र आरोपप्रत्यारोपले होइन, एकता र सहकार्यले मात्र राष्ट्र अघि बढ्ने स्पष्ट पारे। उनले आगामी निर्वाचनलाई देश परिवर्तनको ठूलो अवसरका रूपमा व्याख्या गर्दै जनतालाई जिम्मेवारीपूर्वक सही नेतृत्व छनोट गर्न आग्रह गरे।

‘नेपाललाई अन्धकारबाट उज्यालोतिर लैजान सही नेतृत्व छान्नुपर्छ। सही व्यक्ति सही समयमा सही स्थानमा पुग्यो भने देश विकासले गति लिन्छ,’ घिसिङले भने, ‘राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन। सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र युवाका लागि रोजगारी सिर्जना नभएसम्म देशले वास्तविक उन्नति हासिल गर्न सक्दैन। राजनीति बदलिँदैमा देश बन्दैन, प्रणाली बलियो हुनुपर्छ। युवालाई रोजगारी नदिए, सुशासन नआए, समृद्धि आउँदैन।’

वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने रहेको उल्लेख गर्दै उनले नेपाललाई स्थायित्वतर्फ डो¥याउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए।

Read more news from Himal Press

Explore by Source or Category