निर्वाचन आयोगमा गगनको टोली [फोटो फिचर]
नेपालन्युज
|
14 hours ago
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा नवनिर्वाचित केन्द्रीय सदस्यको अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको ललितपुरको कुपन्डोलमा बसेको पहिलो बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो। यसपछि बैठकमै कागजात मिलाउने काम भएको थियो।
गएराति सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित अध्यक्ष गगनकुमार थापा राजनीति दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न आयोग पुगेका हुन्।
हेर्नुहोस् थप तस्बिर :



तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
