npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग

Sahayog Ranjit 2 hours ago

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँको सहयोग प्रदान गरेको छ।

आज अर्थ मन्त्रालयमा कम्पनिका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रुपमा १ करोड ५० लाख रुपैयाँको चेक अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।

गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको जनाएको छ।

सहयोग हस्तान्तरण समारोह अध्यक्ष संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र जेनजीे प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुननिर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताएका थिए। उनले आगामी दिनहरुमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

नेपाल सरकारले आर्थिक सामाजिक भौतिक रूपान्तरणका लागि संचालनमा ल्याउने विभिन्न कार्यक्रमहरुमा सहयोग गर्न कम्पनी तत्पर रहेको र त्यसका निम्ति पहल गर्दिनका निम्ति समेत उनले आग्रह गरेका थिए।

त्यसक्रममा अर्थ मन्त्री खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेका थिए। नेपालको पूर्वाधार विकासमा यस किसिमको सहयोग टेवा पुर्‍याउने र आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा रहेको उनले बताएका थिए।

The post नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category