npl.977 Nepal News Stream

RONB post logo RONB post

पैसाको कारोबार शैलीमा फेरबदल, ५ लाखभन्दा बढी बैंकिङ माध्यमबाट मात्र

RONB Post 11 hours ago

काठमाडौं । आजदेखि ५ लाख रूपैयाँ भन्दा बढी कारोबार नगदमा गर्न रोक लगाइएको छ । माघ १ गतेदेखि सरकारले ५ लाख रुपैयाँभन्दा बढीको कारोबार अनिवार्य रूपमा बैंकमार्फत मात्र गर्ने गरी नयाँ प्रावधान ल्याएको हो।

नगद कारोबारमा कडाइ गर्ने निर्णय गत मङ्सिर १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित भएसँगै आजदेखि कार्यान्वयनमा आएको हो।

सरकारको निर्णयअनुसार बिहीबारदेखि एकपटकमा ५ लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्नेछ ।

केही कारोबारहरूमा भने यो सीमा लागु नहुने जनाएको छ । वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको सावाँ तथा ब्याज भुक्तानी गर्न, वित्तीय संस्थाहरूबिचमा नगद कारोबार गर्न पाँच लाखको सीमा लागु नहुने स्पष्ट पारेको छ ।

The post पैसाको कारोबार शैलीमा फेरबदल, ५ लाखभन्दा बढी बैंकिङ माध्यमबाट मात्र appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category