कांग्रेस विशेष महाधिवेशनद्वारा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (सूचीसहित)
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरे। महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भए।
सभापति: गगन कुमार थापा
उपसभापति: विश्वप्रकाश शर्मा र पुष्पा भुषाल
महामन्त्री: प्रदिप पौडेल र गुरुराज घिमिरे
सह-महामन्त्री: डा. डिला संग्रौला पन्त (महिला), प्रकाश रसाईली स्नेही (दलित), बहादुर सिंह लामा (आदिवासी जनजाती), उदय शम्शेर राणा (खसआर्य), मुक्ता कुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्ण बहादुर बुढा (पिछडिएको क्षेत्र)।
केन्द्रीय सदस्य (खुला ३५ जना)
गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह।
केन्द्रीय सदस्य (महिला र समावेशी समूह)
महिला खुला: चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई।
दलित: (महिला) सिता मिजार, छायाँ सुनार, गंगा सुनार, लिला नेपाली। (खुला) मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सुर्य बि.क. र दिनेश सुनार।
आदिवासी जनजाती: (महिला) सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान, छीन्दुल्होमु शेर्पा। (खुला) तारामान गुरुङ, अस्तकुमार कबे, छन्द बहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रिष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ।
खसआर्य: (महिला) उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का, सम्झना खत्री। (खुला) विजय स्वार, मथुरा घिमिरे, जगदिश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल।
मधेशी: (महिला) अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी, निलम साह। (खुला) राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव र रामरुप प्रसाद।
मुस्लिम: सनम वेगम (महिला), अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार (खुला)।
थारु: नवोदिता चौधरी र सुनिता राना (महिला), सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित (खुला)।
अपाङ्गता/अल्पसंख्यक/पिछडिएको: प्रकाश पन्थ (अपाङ्गता), शिवनारायण सिंह गनगाई (अल्पसंख्यक) र दिपक जंग शाह (पिछडिएको क्षेत्र)।
प्रदेशगत केन्द्रीय सदस्य
कोशी: सारदा देवी कोईराला (महिला), हिमालय कर्माचार्य र अग्नी पौडेल (खुला)।
मधेश: मधु शाही (महिला), रामानन्द यादव र बजरंग नेपाली (खुला)।
बागमती: उमा दाहाल (महिला), जितनारायण श्रेष्ठ र रमेश धमाला (खुला)।
गण्डकी: विष्णु देवी पाण्डे (महिला), रेशम बानिया र कृष्ण के.सी. (खुला)।
लुम्बिनी: पवित्रा कुमारी अर्याल (महिला), केशव आचार्य र राम बहादुर कार्की (खुला)।
कर्णाली: राम देबि खड्का (महिला), दिक्पाल शाही र नारायण भट्टराई (खुला)।
सुदूरपश्चिम: निपा चोख्याल (महिला), हिम बहादुर रावल र नरेन्द्र प्रसाद भट्ट (खुला)।
यसअघि शेरबहादुर देउवा पक्षले गगन थापासहितका नेतालाई निष्काशन गर्ने निर्णय गरेको भए पनि विशेष महाधिवेशनले त्यसलाई खारेज गरेको छ। यससँगै कांग्रेसभित्र देउवा र थापा समूहबिच आधिकारिकताको विवाद कानुनी रूपमा अगाडि बढ्ने देखिएको छ।