npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

बीमा कम्पनीले बढाए व्यापार, चार महिनामा कुन इन्स्योरेन्सको प्रिमियम आर्जन कति?

Sunil Kunwar 5 hours ago

काठमाडौं। बीमा कम्पनीले चालु आर्थिक वर्ष व्यापार बढाएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीले प्रिमियम संकलन बढाएका हुन्।

चालु वर्ष ४ महिनामा माइक्रो लाइफसहित सबै जीवन बीमा कम्पनीले ६३ अर्ब ७२ करोड २८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यो प्रिमियम रकम पोहोर सोही अवधिको तुलनामा १८.६७ प्रतिशत धेरै हो।

जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष पहिलो चार महिनामा ५३ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए।

नयाँ व्यापार बढ्दा जीवन बीमा कम्पनीले प्रिमियम संकलन बढाएका हुन्। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै १७ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेको छ। प्रिमियम संकलन धेरै बढाउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी छ।

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष कात्तिकसम्म संकलन गरेको प्रिमियम रकम रु लाखमा

बीमा कम्पनी२०८२/८३ कात्तिकसम्म२०८१/८२ कात्तिकसम्मफरक %
नेपाल लाइफ१७००९२.७०१५४०९५.७७१०.३८
नेसनल लाइफ७४७३०.१२६४३७२.६०१६.०९
लाइफ इन्स्योरेन्स कर्पोरेसन६४६८९.२८६०५६७.१२६.८१
हिमालयन लाइफ५६४०७.६४५५८३०.४४१.०३
राष्ट्रिय जीवन बीमा कम्पनी५०३९३.५८१७७६५.६६१८३.६६
सूर्यज्योति लाइफ३६४०५.९६३२५१३.५६११.९७
एसियन लाइफ२९९५०.१८२७४३५.३८९.१७
सिटिजन लाइफ२६६६४.५२२१९६४.२०२१.४
सानिमा रिलायन्स लाइफ२२८१६.९७२०५९५.०५१०.७९
मेट लाइफ२०९४१.०६१८७५१.५५११.६८
आइएमई लाइफ१९४५४.८९१५३५७.८६२६.६८
रिलायबल नेपाल१८५८८.५११५५८८.३५१९.२५
प्रभु महालक्ष्मी लाइफ१८०४३.१४१६२७९.८३१०.८३
सन नेपाल लाइफ१३००६.०३१२८१५.०९१.४९
स्रोत : नेपाल बीमा प्राधिकरण

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीले यो आर्थिक वर्ष कात्तिकसम्म १६ अर्ब २१ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यो रकम पोहोर सोही अवधिको तुलनामा १२.९३ प्रतिशत धेरै हो।

निर्जीवन बीमा कम्पनीले गत वर्ष साउनदेखि कात्तिकसम्म १४ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको छ।

निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष कात्तिकसम्म संकलन गरेको प्रिमियम रकम रु लाखमा

बीमा कम्पनी२०८२/८३ कात्तिकसम्म२०८१/८२ कात्तिकसम्मफरक %
सगरमाथा लुम्बिनी१७८३६.२५१७७६७.९३०.३८
शिखर१७३८६.८०१४१०३.०१२३.२८
हिमालयन एभरेष्ट१६०५८.९५११४९८.७३३९.६६
सिद्धार्थ प्रिमियर१५४७७.६७१४६२६.७३५.८२
आइजीआई प्रुडेन्सियल१२७३६.११११३४९.१६१२.२२
एनएलजी१२६२२.९९९४१९.४५३४.०१
नेको११४८२.३७११५२७.४५-०.३९
युनाइटेड अजोड१०७३७.४७८४०१.८४२७.८
सानिमा जीआईसी१०२०३.८८७७९३.३८३०.९३
ओरियन्टल९२४०.५८९२८६.७२-०.५
नेपाल इन्स्योरेन्स कम्पनी८६६२.४२७८६८.७६१०.०९
प्रभु इन्स्योरेन्स६५७१.१९६२७५.३१४.७१
नेसनल इन्स्योरेन्स५०९५.१७४९०३.९३३.९
राष्ट्रिय बीमा कम्पनी४३७०.८८६१४९.९१-२८.९३
स्रोत : नेपाल बीमा प्राधिकरण

The post बीमा कम्पनीले बढाए व्यापार, चार महिनामा कुन इन्स्योरेन्सको प्रिमियम आर्जन कति? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category