npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

सरोजको गोलमा साफ फुटसलमा नेपालको जित

Prakash Timalsina 8 hours ago

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोलीले थाइल्याण्ड जारी साफ फुटसल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकालाई २-० ले हराएको हो । नेपालका लागि दुबै खेल सरोज तामाङले गरे। खेलमा पछि परेको अवस्था उल्टाउँदै नेपालले खेल जितेको हो।

मोहम्मद साजनले १० औं मिनेटमा गोल गर्दै श्रीलंकालाई अग्रता दिलाए। त्यसको ५ मिनेटपछि सरोजले बराबरी गोल गरे। २१ औं मिनेटमा सरोजले गरेको अर्को गोल खेलको निर्णायक बन्यो।

महिलातर्फ भने नेपालले २ मध्ये एउटामा जित र अर्कोमा बराबरी खेलेको थियो। हिजो माल्दिभ्सलाई ५-० ले हराएको नेपालले पहिलो खेलमा श्रीलंकासँग २-२ को बराबरी खेलेको हो ।

The post सरोजको गोलमा साफ फुटसलमा नेपालको जित first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category