npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

महामन्त्रीद्वय गगन र विश्वप्रकाशसहित सहमहामन्त्री मनसुर पार्टीबाट निष्कासित

Saral Patrika 17 hours ago

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादले उग्र रूप लिँदै पार्टी फुटको संघारमा पुगेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्कासन गर्ने कठोर निर्णय गरेको छ।

बैठकले उनीहरूलाई पार्टीको विधानविपरीत कार्य गरेको र पार्टी हितविपरीतका गतिविधिमा संलग्न रहेको निष्कर्ष निकाल्दै आगामी ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासनको घोषणा गरेको हो।

संस्थापन पक्ष (देउवा समूह) को यो निर्णयसँगै भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेको पक्ष र सानेपा पक्षबीचको दूरी अब औपचारिक रूपमै विभाजनतर्फ मोडिएको छ। पार्टी नेतृत्वको यो कदमले कांग्रेसको राजनीतिमा हलचल पैदा गरिदिएको छ।

Read more news from Saral patrika

Explore by Source or Category