आवास व्यवसायमा अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था गर्न होटल संघका अध्यक्ष शाहको माग
काठमाडौं। होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल व्यवसायीले भुक्तानी लिएर सञ्चालन गर्ने आवास व्यवसायमा अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था कडाइका साथ लागू गर्नु पर्ने बताएका छन्।
हानले आफ्नो ६०औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा शाहले सवारीसाधनका लागि ब्लुबुक र चालक अनुमतिपत्र अनिवार्य भए झैँ भुक्तानी लिएर सञ्चालन हुने आवास व्यवसायमा पनि अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था हुनुपर्ने बताएका हुन्।
‘यसले व्यवसायीमा अनुशासन कायम हुनुका साथै इमान्दार व्यवसायीको मनोबल बढ्नेछ,’ उनले भने।
उनले पछिल्लो समय बजारको आवश्यकता भन्दा बढी होटल सञ्चालनमा आएका कारण लगानीकर्ताको प्रतिफल, व्यवसायको दिगोपन र सेवाको गुणस्तरमा दबाब सिर्जना गरेको बताए।
The post आवास व्यवसायमा अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था गर्न होटल संघका अध्यक्ष शाहको माग appeared first on BIZMANDU.