राइजिङ स्टार यु–१२ क्रिकेट हुने
काठमाडौं (हाम्रो खेलकुद)- बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यु–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता माघ १ गतेदेखि माघ २८ गतेसम्म काठमाडौँको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ।आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अनुसार प्रतियोगितामा २७ टोलीको सहभागिता रहनेछ।
तीमध्ये ८ उपत्यका बाहिरका र बाँकी भित्रका हुनेछन्। जिल्ला स्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ।
राइजिङ स्टार क्रिकेट एकेडेमीका अध्यक्ष सुनिल मान अमात्यले आज आयोजित पत्रकार सम्मेलनमा नेपाललाई भविष्यमा टेस्ट राष्ट्र बनाउने लक्ष्यका साथ यस्ता उमेर समूहका प्रतियोगिता आयोजना गरिएको बताए।
श्रेष्ठले यस्ता प्रतियोगिताले उमेर समूहका क्रिकेटर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रतियोगितालाई अनुपम फुडल्याण्डले मुख्य प्रायोजन गरेको छ। अनुपम फुडल्याण्डका प्रबन्ध निर्देशक मधु पन्थीले उमेर समूह क्रिकेट विकासमा आयोजकले चालेको कदमलाई साथ दिन प्रायोजन गरिएको बताए।
यस्तै, प्रतियोगिताका टेक्निकल निर्देशक रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराए।
प्रतियोगिताको उत्कृष्ट ९० खेलाडी छनोट गरेर ६ वटा टोली बनाइने र उनीहरुलाई सिंगल राउण्ड रोबिन फर्म्याटमा सेतो जर्सीमा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले ३० हजार र दोस्रो टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ तोकिएको छ। म्यान अफ द सिरिजलाई किट ब्याग, उत्कृष्ट ब्याटरलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।
The post राइजिङ स्टार यु–१२ क्रिकेट हुने first appeared on हाम्रो खेलकुद.