npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

सोमबार ४.२८ अंकले घट्यो नेप्से परिसूचक

Supriya Acharya 2 hours ago

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड ८ लाख ६० हजार ८ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ । यस कम्पनीको २७ करोड १० लाख ३ हजार १ सय ८० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै,  सागर डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सागरसहित स्वस्तिक लघुवित्तको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

यता, निफ्रा ग्रिन इनर्जी डेबेन्चर ६ % २०८८-८९ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category