npl.977 Nepal News Stream

RONB post logo RONB post

फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य राजधानीबासी (फोटोफिचर)

RONB Post 23 hours ago

काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब ६० मानिसमध्ये २० लाख जतिले सवारीसाधनमा यात्रा गर्छन् ।

करिब ४० लाख मानिस फुटपाथमा पैदल हिँड्ने हुन् । अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन ।

दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् ।

करिब साढे दुई वर्षयता काठमाडौं महानगरपालिका–२७ अन्तर्गत वीर अस्पतालदेखि जमल जाने बाटोको फुटपाथ निर्माण नगरिँदा उक्त क्षेत्र अव्यवस्थित बनेको छ ।

फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण बाटो साँघुरो बनेको छ ।

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ ।

 

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी ।

The post फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य राजधानीबासी (फोटोफिचर) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category