npl.977 Nepal News Stream

RONB post logo RONB post

सुनको भाउ प्रतितोला २ लाख ७८ हजार

RONB Post 1 day ago

काठमाडौं । सुन र चाँदीको मूल्यनयाँ रेकर्ड कायम भएको छ। बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ र चाँदी ३ सय १५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो ।

विगत केही दिनदेखि नै सुनचाँदीले नयाँ मूल्य रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

The post सुनको भाउ प्रतितोला २ लाख ७८ हजार appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category