एनएसीको न्यारोबडी जहाज इजरायलमै अड्कियो, महाप्रबन्धक भन्छन्- अबको एक सातामा आउँछ
काठमाडौं। नेपाल वायु सेवा निगम (एनएसी) ९एन एकेएक्स कलसाइनको न्यारोबडी जहाज इजरायलमा अड्किएको छ।
एनएसीले भाडाको इन्जिन फिर्ता गरी आफ्नो इन्जिन जडानका लागि दुई साताअघि पठाएको जहाज उतै अड्किएको हो।
एनएसीका कार्यवाहक महाप्रबन्धक अमृतमान श्रेष्ठले सबै पैसा भुक्तानी भइनसकेका कारण जहाज ल्याउन ढिलाइ भएको बताए। उनले अबको एक सातामा जहाज नेपाल आउने दाबी गरे।
‘म आएपछि इजरायली कम्पनीलाई अहिलेसम्म ४८ लाख डलर भुक्तानी गरिसकेका छौं। थप ६७ लाख डलर भुक्तानीका लागि बैंकलाई पत्र पठाइसकेका छौं। अब एक दुई दिनमा इजरायली कम्पनीले पैसा पाउँछ। एक साताभित्र जहाज आउँछ,’ श्रेष्ठले भने।
उनले यसअघि पुस मसान्तसम्म जहाज आइसक्ने बताएका थिए।
एनएसीले भाडाको इन्जिन फिर्ता गरेर १० महिना अगाडि मर्मत भएको आफ्नो इन्जिन जडान गर्न न्यारोबडी जहाज पुस १४ गते इजरायलको तेल अभिभस्थित आईएआई कम्पनीमा पठाएको थियो।
The post एनएसीको न्यारोबडी जहाज इजरायलमै अड्कियो, महाप्रबन्धक भन्छन्- अबको एक सातामा आउँछ appeared first on BIZMANDU.