डोमिनार डेः आकर्षक अफर र सुविधाहरू उपलब्ध
काठमाडौं । बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।
नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन्।
‘डोमिनार डे इज इन अन; एण्ड याेर अपग्रेड स्टार्ट्स नाउ’ भन्ने सन्देशसहित संचालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले अल्फा सिएस, एर्माेरेड राइडिङ ज्याकेट/एमटी हेल्मेट जस्ता सुरक्षित र स्टाइलिश राइडिब गियर प्राप्त गर्नेछन्। साथै, “नागरिकताको भरमा” सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ । पुराना बाईकको उत्कृष्ट मूल्यांकन र खेलप्रेमीहरूको लागि एनपीएल टिकट जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन्।
साथै, सहभागीहरूले स्पाेन्सर्ड विकेण्डर राइड जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा डाेमिनार मर्चेण्डाइज पनि प्राप्त गर्न सक्नेछन्। आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ । सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन्।
सहभागीहरूले बाइकर्श क्याफे, नक्सालमा पुगेर डोमिनार ४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन्। यो कार्यक्रम बाइकर्श क्याफे मा दैनिक रूपमा सञ्चालन हुनेछ ।
साथै डोमिनार डे एक–हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ ।