npl.977 Nepal News Stream

Taksar News logo Taksar News

मापदण्ड विपरित भेटिएपछि ‘राेयल असम’ ब्रान्डको चिया बजारबाट फिर्ता लैजान विभागको निर्देशन

टक्सार न्युज 14 hours ago

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनको क्रममा सङ्कलन गरिएको चिया नमुनामा मापदण्डभन्दा कम तत्व भेटिएपछि राेयल असम ब्रान्डको चिया फिर्ता गर्ने आदेश जारी गरेको छ।

विभागका अनुसार मोडर्न इन्डस्ट्रिज टी प्रा. लि., भद्रपुर, झापा., भद्रपुर, झापाबाट उत्पादित व्याच नं. WC 330P रहेको ५०० ग्रामको चिया उत्पादन मिति २०८२/०६/२३ र उपभोग्य अवधि १८ महिना रहेको भएता पनि परीक्षणमा आवश्यक मापदण्ड अनुसारको गुणस्तर नपाइएकोले उक्त व्याचका सबै चिया बजारबाट तुरुन्त फिर्ता लिन निर्देशन दिइएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) अनुसार बिक्री वितरण नगर्न पनि चेतावनी दिइएको छ।

Read more news from Taksar News

Explore by Source or Category