npl.977 Nepal News Stream

Taksar News logo Taksar News

नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खाेजियाे, त्यसलाई चिर्न जरुरी छः अध्यक्ष ढकाल

टक्सार न्युज 1 hour ago

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् ।

सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले नेपालकै पुँजी पनि धेरै ठूला आयोजना बनाउन सकिने बताएका हुन् ।

नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) बनाइएको बताए । उनकाअनुसार त्यसमा धेरै व्यवसायी समेटेर नेपालकै पुँजी परिचालन गरेर ४०/५० अर्बका प्रोजेक्ट बनाउन थालिएको छ ।

ढकालले नेपालमै लगानीको वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको बताए । अध्यक्ष ढकालले आम व्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरुरी रहेको बताए ।
“वास्तवमा सुरक्षाको कुरा एकदमै महत्वपूर्ण भएको छ । आउने दिनमा कुनै एउटा व्यवसायी, व्यक्ती भन्दा पनि आम नागरिकलाई कन्फिडेन्ट दिने खालको सुरक्षा प्रवन्ध मिलाइनुपर्छ,” उनले भने ।

Read more news from Taksar News

Explore by Source or Category