npl.977 Nepal News Stream

Taksar News logo Taksar News

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विवरण नबुझाएका सहकारीहरूलाई माघ मसान्तसम्म समय थप

टक्सार न्युज 8 hours ago

काठमाडाैँ । सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तथ्याङ्क नपठाएका सहकारी संस्थाका लागि विवरण बुझाउने समयावधि थप गरेको छ।

विभागका अनुसार सहकारी संस्थाहरूको तथ्याङ्क सङ्कलन कार्य २०८२ श्रावण १ गतेदेखि निरन्तर रूपमा जारी छ र अधिकांश संस्थाहरूले विभागले उपलब्ध गराएको गुगल फर्ममार्फत आफ्नो विवरण प्रविष्ट गरिरहेका छन्।

विभाग र राष्ट्रिय तथ्याङ्क कार्यालयको सहकार्यमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सहकारी क्षेत्रको योगदान मापन गर्ने उद्देश्यले सर्भेक्षणको तयारी भइरहेकाले सहकारी संस्थाहरूको अद्यावधिक विवरण आवश्यक परेको जनाइएको छ। यही कारणले यसअघि पौष मसान्तसम्म दिइएको विवरण प्रविष्ट गर्ने समयसीमा माघ मसान्तसम्म थप गरिएको हो।

विभागले यसअघि नै विवरण भरेका सहकारी संस्थाहरूले पुनः फाराम भर्नु नपर्ने स्पष्ट पारेको छ । सहकारी विभागका उपरजिष्ट्रार सुचित्रा राईले समयमै विवरण प्रविष्ट गरी सहयोग गर्न सम्बन्धित सबै सहकारी संस्थालाई आग्रह गरेकी छन्।

Read more news from Taksar News

Explore by Source or Category