कांग्रेसले टुंग्यायो १५औं महाधिवेशनको मिति
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । आन्तरिक किचलोका बीच नेपाली कांग्रेसले १५औं महाधिवेशन पुसको अन्तिम साता काठमाडौंमा गर्ने भएको छ।
आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेका हुन् । पुस १५ गते वडा अधिवेशन सुरू हुनेछ।